कमल नारायणीको पहिलो गित ‘तिमीलाई देखेपछि’ सार्वजनिक

ओमप्रकाश गुप्ता,सिसहनियाँ । गायक तथा मोडेल कमल नारायणीको पहिलो गित तिमीलाई देखेपछि शुक्रबार सार्वजनिक भएको छ । कमल नारायणीकै लेखन,निर्देशन र मोडलिङमा सो गित सार्वजनिक भएको हो । संगितकार महेश विक्रम पाण्डे,शब्द पुजा गुरूङ तथा भिडियो छायांकन नविन चाैधरीले गरेका छन् । गीतमा मोडेल तथा गायक कमल दमाई र गायिका तथा मोडेल नारायणी क्षेत्रीको स्वर रहेको छ “तिमीलाई देखेपछि” को गितमा कमल र नारायणीले नै अभिनय गरेका छन् । पछिल्लो समयमा युवाहरू बढी मात्रमा माया प्रेममा बाँधिएको परिबेशलाई समेटेर गित निर्माण गरिएको गायक,मोडेल तथा निर्देशक कमल दमाईले जानकारी दिएका छन् । उनीहरूले सो गित आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक गरेका छन् । २०७३ साल देखि मोडलिङ गर्न सुरू गरेको यो जोडी पछिल्लो समय देशैभर चर्चित छन् । उनीहरूलाई हरेक मेला महोत्सवमा बोलाइने गरिएको छ । उनीहरूको प्रस्तुतीमा दर्शकहरू निकै रमाउने गरेका छन् । लमही नगरपालिका ४ निवासी कमल दमाई र लमही नगरपालिका २ निवासी नारायणी क्षेत्री हाल सम्म मोडलिङ मात्र गर्दै अाएका थिए । एक्कासी अाफ्नै स्वरमा गित र मोडलिङ सँगसँगै गर्दा दर्शकहरू अचम्ममा परेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.