राम बहादुर बिश्वकर्मा,प्युठान।झिमरुक नदि किनारमा सञ्चालन भएको चौथो संस्करणको ‘स्वर्गद्धारी प्युठान महोत्सव’मा बाल गायिका कमला घिमिरेले बिहिबार दर्शकहरुलाई छमछमी नचाएकी छन्।केही समय यता, सामाजिक सञ्जाल युट्युबमा निकै नै भाईरल बनेकी घिमिरेको लाइभ दोहोरी हेर्न उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो।कमलाको प्रस्तुती हेर्न प्युठानीहरु आतुर देखिन्थे।जब रातो चोली र गुन्युमा चिटिक्क सजिएकी उनी स्टेज उक्लिन,अनि गी्त गुनगुनाउन थालिन’चिया छानेको’।यो गीत सुनाउँदै गर्दा नाच्नेको घुइँचो थियो।उनको फोटो खिच्न र भिडियो कैद गर्ने पनि धेरै थिए । कमलासंग सेल्फी खिच्न दर्शकहरुलाई भ्याई नभ्याई थियो। घिमिरेले आफ्नो ‘चिया छानेको’ र ‘ जिन्दगी’ बोलको गीत मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएकी थिइन् । ‘चिया छानेको’ गीतमा घिमिरेसँग लोक गायक कृष्ण रेउलेले दोहोरी गाएका थिए ।कमलालाई विहानै देखि पर्खिरहेका दर्शकहरु उनको प्रस्तुतीमा खुब रमाएको देखिन्थ्यो।बिहिबार महोत्सवमा चर्चित बाल गायिका कमला घिमिरे सहित कृष्ण रेउले,विन्दु परियारका साथै राष्ट्रिय तथा स्थानीय कलाकारले आ-आफ्नो प्रस्तुती राखेका थिए ।भोली गायक रमेश राज भट्टराई, दिपु मगर, सीता राना,दुर्गा गुरुङ र अमृता सिर्पाली लगाएतका कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ । कमलाकै आकर्षणले धेरै दर्शक आएको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा सास्कृतिक संयोजक यज्ञ बहादुर के सि प्रभातले बताए। महोत्सव आउदो फागुन २२ गते सम्म संचालन हुने आयोजकले जानकारी गराएको छ । महोत्सवमा पाँचौ दिन ५ हजार बढीले अवलोकन गरेको अनुमान गरिएको छ ।