कामना डेली,प्युठान।
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको।
जनबादी गायक जीवन शर्माले यो गीत गाउँदा महोत्सवको माहोल भावुक र मर्मस्पर्शी बन्यो ।जेष्ठ नागरिकहरु समेत मंचमै पुगेर नाचे। सोमबार स्वर्गद्धारी प्युठान महोत्सवको पाचौ दिनमा शर्माले महोत्सवका दर्शकहरुलाई समेत जुरुक जुरुक उचाले। गीत गाएर नचाए पनि । उनका गित सुनेर धेरैका आँखा समेत रसाए । ‘ शर्माले देशभक्तीपुर्ण गित ‘छोड छोड विस्तारवाद नेपाल भूमी छोड, भारतीय सेनाहरु कालापानी छोड ’ बोलको गीत गाउँदा मेलामा राष्ट्रियताको भाव झल्कियो।दर्शकहरुले पनि सँगसँगै
गीत गाए भने उनीहरुले बीच बीचमा भारतीय सेनाहरु कालापानी छोड भन्दै स्वरमा स्वर मिलाए ।दुखी, गरीब, किसान र मजदुरका पीरव्यथा र पीडालाई टपक्कै टिपेर दुरूस्तै गीतमा उतार्न र जनताको मनै छुने गरी गाउन खप्पिस शर्माका गीत सुन्न हजारौ दर्सक पुगेका थिए। शर्माले गीत गाईरहदा दर्शकहरूले पटक पटक ताली बजाएर हौस्याए । धेरैले आफ्नो मोबाइल र क्यामेरामा फोटो र भिडियो खिचेको देखिन्थ्यो ।शर्माले छोड छोड विस्तारबाद नेपाल भूमि छोड, चाँहिदैन मलाई सिसाको महल, सिमली छायाँमा वसी लगायतका जनबादी गीतहरुबाट दर्शकहरुको मन जिते। उनले गित सुरु गर्नु अघि भने “आज देश पिडामा छ । देशको माटो लुटिएको छ । हाम्रो कालापानीमा भारतीय सेनाहरु परेड खेलिरहेका छन् । हाम्रो लिपुलेक, कालापानी लिम्पियाधुरा भारतले आफ्नो नक्शामा पारेको छ । देशलाई घाऊ लागेको यो बेला हामी सबै नेपाली एक भएर मलमपट्टि लगाउनु पर्छ । तपाइ हामी सबै देश जोगाउन लाग्नुपर्छ ।’लुटिएको नेपाली भूमि फिर्ता लिन एकजुट हुन जनगायक शर्माले गीत मार्फत आव्हान गरेका थिए ।कार्यक्रममा लोक दोहोरी गायक गायिका जानकी तारामी मगर चित्र अबिरल,सुनिल थापा,श्रीकृष्ण केसीले पनि दर्शकको ध्यान खिचेका थिए । महोत्सव आउदो फागुन१८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।