बिमल प्रसाद पाेख्रेल ,प्युठान । शैक्षिक गुणस्तर खस्किदो विषयमा बहस भईरहेका बेला जिल्लाको माण्डबी गाँउपालिकाले शैक्षिक सुधारकै लागि विद्यालय समय भित्र शिक्षक र विद्यार्थीलाई मोबाईल प्रयोगमा प्रतिबन्ध लगाएको छ ।गाँउपालिकाको हालै बसेको कार्यपालिका बैठकले शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यालयमा मोबाईल फोन प्रयोगमा निषेध गरिएको गाउपालिकाले बताएको छ । शिक्षक एवं बिद्यार्थीले बिद्यालय समयमा मोबाईल फोन प्रयोग गर्न नपाईने बारे विद्यालयलाई परिपत्र गरिसकेको जनाईएको छ ।
मोबाईलको प्रयोगले पठनपाठन र शिक्षा आर्जनमा प्रभाव पारेको भन्दै गाउँपालिकाको बैठकले बिद्यालय समयमा मोबाईल प्रयोगमा निषेध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले बताउनुभयो।शिक्षा स्थितिमा सुधार तथा विद्यालको पठनपाठनमा गुणस्तरीयता प्रदान गर्नको लागि यस्तो निर्णय गरिएको उहाले बताउनुभयो।
गाउपालिकाकाे कुल बजेटकाे तीस प्रतिशत शिक्षाक्षेत्रमा बजेट बिनियाेजन गरिएको जानकारी दिदै गाउपालिका अद्यक्ष श्रीधर राेकाले शैक्षिक गुणस्तर बृद्वि गरि समृद्व गाउपालिका बनाउने संकल्प गरेकाे बताउनु भयाे।शिक्षा क्षेत्रमा नमुना गाउपालिका बनाउन विभिन्न शैक्षिक याेजना बनाएर कार्यान्वयन गरिने राेकाले बताउनुभयाे।
विद्यालयमा मोबाईल प्रयोग गर्न नपाईने
विद्यालयमा मोबाईल प्रयोग गर्न नपाईने
Advertisement
तपाईको प्रतिक्रिया