मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगर प्यूठान जिल्लामा सबैभन्दा बढि संख्या बसोवास गर्ने जनजाती मगरहरुको प्रतिनिधित्व गर्ने एकमात्र स्थानीय तहका प्रमुख हुन् । रक्तिम सांस्कृतिक अभियान तथा बामपन्थी पुस्तक अध्ययनका कारण राजनीतिमा सक्रिय भएको बताउने अध्यक्ष रानामगर शिक्षण पेशा हुँदै राजनीतिमा सक्रिय भए। साविकको स्थानीय तहमा २०५४ सालमा चुँजा गाउँ विकास समितिको उपाध्यक्षको रुपमा काम गरिसकेका उनी राष्ट्रिय जनमोर्चाको तर्फबाट मल्लरानी गाउँपालिकाको प्रमुखमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका हुन् । जिल्ला सदरमुकाम समेत रहेको नेपालकै एकमात्र गाउँपालिका अध्यक्ष अमरध्वज रानामगरसँग सञ्जय रिजालले गरेको कुराकानी ।
यहाँको जन्म कहिले र कहाँ भयो ?
साविकको चुँजा गाविस वडा नं. ७ खरिन्डाडा हालको मल्लरानी गाउँपालिका वडा नं. २ पर्छ । मेरो जन्म २०३० साल असार २९ गते भएको हो ।
राजनीतिमा कसरी लाग्नुभयो ?
२०४५ सालमा रक्तिम गिती नाटक भन्ने एउटा किताव निस्कियो । १५ वर्षको कलिलो उमेरमा अर्घाखाँचीको अर्घाको मेलामा म गएको थिए । त्यहाँ जीवन शर्मा लगायतका रक्तिमका कलाकारहरु आउनुभएको थियो।उहाँले सर्वहाराको गित गाउनुभयो । त्यसबाट म केही प्रभावित भए र कितावहरु पनि मैले संकलन गरेर पढ्न थालेको थिए। २०४६ सालको जुन जनआन्दोलन भयो,आन्दोलनबाट बहुदल आइसकेपछि मलाई पनि राजनीतिमा चासो बढ्यो। पाल्पामा पढ्दा पनि विद्यार्थी संगठनमा रहेर काम गर्ने मौकाहरु पाए । रक्तिम अभियानमा पनि लागे । राजनीतिमा पहिलेदेखि नै रुचि भए पनि बहुदल पश्चात् २०४७ सालदेखि म राजनीतिमा संलग्न भएको हुँ ।
यहाँले अध्ययन कसरी अगाडि बढाउनुभयो ?
आफ्नै गाउँ खरिन्डाडामा १ कक्षा देखि ३ कक्षा सम्म प्रारम्भिक अध्ययन गरे । ४ देखि ७ कक्षासम्म चुँजाठाटीको अहिलेको भानुभक्त मावि, ८ देखि ९ कक्षासम्म जनता मावि विजुलीमा पढे । १० कक्षा विश्व मावि पिपलनेटा अर्घाखाँचीमा गएर पढे । त्यहाँबाट एसएलसी पास भइसकेपछि पाल्पामा मैलै व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरे । हाम्रो ठूलो परिवार भएको र आर्थिक अभाव भएका कारण त्यहाँभन्दा अगाडि मैले पढ्न सकिन । मैले आर्थिक उपार्जनको लागि आफैले अध्ययन गरेको तत्कालीन भानुभक्त निमावि विद्यालयमा २०५० सालदेखि पढाउन थाले ।
शिक्षण पेशा कति वर्ष गर्नुभयो ?
शिक्षण पेशा मैले २०५० सालको माघ ११ गतेदेखि २०५३ सालमो चैत्र २१ गतेसम्म गरे । २०५३ पछाडि २०५४ को स्थानीय निर्वाचनमा त्यहाँ सबै युवा साथीहरुको गुनासोहरु आए ।तपाईले नोकरी गर्नुृभएको छ । तपाइजस्तो व्यक्तित्व जनप्रतिनिधिका रुपमा यो चुँजा गाविसमा चाहिन्छ । तपाई राजनीति तिर आउनुप¥यो भन्ने उहाँहरुको चाहना थियो र पार्टीको चाहना पनि मैले राजीनामा गरेर राजनीतिमा लाग्नुुपर्छ भन्ने । यसपछि म शिक्षक पदबाट राजिनामा गरेर २०५४ देखि २०५९सम्म उपाध्यक्ष भएर काम गरे ।
अहिले त जनप्रतिनिधिलाई केही आर्थिक सुविधा पनि कानुन अनुसार दिइएको छ । त्यो बेला त त्यसरी आर्थिक सुविधा दिइएको थिएन । तपाईको त्यो बेलाको पारिवारिक खर्च कसरी व्यवस्थापन गर्नुहुन्थ्यो ?
पारिवारिक खर्च धान्न असाध्यै गाह्रो भयो । वास्तवमा सम्झिदाखेरी त्यो बेलाको अवसथा अहिले कहालि लागेर आउँछ् । मैले एसएलसी दिदादिदै २०४७ सालमै विवाह गरिसकेको थिए । २०५४ मा आउँदाखेरी ३ सन्तान जन्मिए । बच्चासहित श्रीमतिलाई लालनपालन गर्न गाह्रो भयो । मैले हिम्मत हारिन । हाम्रो जनजातीहरुको स्वभाव के भने, ठिकै छ, यसले राजनीति गरेको छ, हामीले केही सहयोग गर्नुपर्छ भन्ने छ । मेरो बुबा आमा, दाजुभाइको सहयोग, विशेष गरेर मेरो काइलो भाई त्यतिखेर कतार थियो उसको सहयोग, त्यसपछि इष्टमित्र र पार्टीको पनि केही सहयोगले गर्दाखेरी म राजनीतिमा सक्रिय हुन सकेको हुँ । अहिले सम्म जति ऋण लागे पनि मान्छेहरुले सक्ने दिन तिर्नु भनेर सहयोगको भावनाले गर्दाखेरी अहिलेसम्म टिकिराखेको छुँ ।
अब गाउँपालिकाको विकासको बारे कुरा गरौं ।यहाँले गाउँपालिकाको विकासमा मुख्य प्राथमिकता कुन कुरालाई दिनुभएको छ ?
हामी जब निर्वाचित भयौ हामीलाई शुरु शुरुमा असाध्यै गाह्रो भयो । मान्छे पनि नयाँ, व्यवस्था पनि नयाँ । गाह्रो भइसकेपछि पार्टी लगायतका अन्य बुद्धिजिवी साथीहरुसँग सरसल्लाह, परामर्श गर्न थाल्यौ । त्यतिखेर ऐनहरु तथा कार्यविधिहरु प्रयाप्त बनिरहेका थिएनन् । केही कार्यविधिहरु थिए, ती कार्यविधिहरुलाई टेकेर केही प्रारम्भिक काम गर्नुपर्ने अवस्थाहरु आयो । हामीले तत्कालै सल्लाह गरेर । मल्लरानी गाउँपालिकालाई कसरी अगाडि बढाउने त भन्नेमा छलफल चलायौ । त्यो छलफलबाट उज्यालो मल्लरानी नामाकरण ग¥यौ । त्यस अन्तर्गत हामीले बिशेष गरेर शिक्षा, स्वास्थ्य, गरीवी निवारणका कामहरुलाई प्रारम्भिक छनौट ग¥यौं । यसमध्ये हामीले पहिलो समस्याको रुपमा शिक्षा क्षेत्रको देख्यौ । विद्यार्थीको टाउँका गनेर जुन केन्द्रबाट पैसा आउथ्यो – पिसिएफ बाट चलेका शिक्षकहरु अब सबै बाहिरिने अवस्था भयो । किनभने धेरै ठाउँमा दरवन्दी पूरा भएको थिएन । त्यहाँ निजी श्रोतबाट काम गरिरहेका शिक्षकहरु त बाहिर जानुहुने भयो । उहाँहरु बाहिर गइसकेपछि त्यहाँको शिक्षा अस्तव्यस्त हुनेभयो । त्यसकारण हामीले तत्कालीन रुपमा ती पिसिएफबाट सञ्चालन भएका शिक्षकहरुलाई अबकाश दिन हुन्न । गाउँपालिकाले मानवीय संशाधनको विकास गर्न सक्दैन तवसम्म यहाँका विकासका अन्य भौतिक पूर्वाधार निर्माण गरेर मात्र पुग्दैन । यसरी शिक्षामा जोड दिनको लागि मावि, निमावि र प्रावि मा गरेर ३७ जना शिक्षकलाई गाउँपालिकाले नियुक्त ग¥यो । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार छोडेर शिक्षामा १ करोड रुपैया छुट्याएका छौं ।
शिक्षापछि कुन चाहि क्षेत्रको विकासलाई प्राथमिकता दिनुभयो ?
स्वास्थ्यमा पनि सदरमुकामको ठाउँ हुँदा पनि हाम्रो विकट ठाउँहरु पनि छ । जस्तो १ नं वडाको साविकको ३ र ४ वडा लुक्कातिर, त्यसैगरेर चुँजाको माथिल्लो क्षेत्र, मरुङ्ग । त्यहाँ स्वास्थ्य क्षेत्रमा पनि समस्याहरु थिए । सवै वासिन्दालाई स्वास्थ्यको सहज पहुँच पु¥याउनको निम्ति हामीले स्वयससेविकाहरुलाई प्रोत्साहित गर्दै परिचालन गरेका छौं । त्यसैगरी खोप सेवामा संलग्न भएका स्वास्थ्यकर्मीहरुलाई पनि प्रोत्साहन ग¥यौं । औषधिहरु नपुग भएको ठाउँहरुमा गाउँपालिकाले अनुदान दिएर औषधिहरु खरिद गर्ने कामहरु ग¥यौं । भवन निर्माणलाई पनि प्राथमिकतामा राख्यौं । खलंगाको प्राथमिक स्वास्थ्य केन्द्रको असाध्यै दयनीय अवस्था थियो । भवन त छ तर फार्मेसी, वर्थिङ्ग सेन्टर थिएन । त्यसलाई पनि प्राथमिकता राखेर काम ग¥यौ । शुरुको अवस्थामा ५७ लाख स्वास्थ्य क्षेत्रको लागि बजेट विनियोजन ग¥यौं । चालु आर्थिक वर्षमा पनि भौतिक पूर्वाधार छोडेर स्वास्थ्यमा ६८ लाख छुट्याएका छौं ।
आर्थिक उपार्जन गर्ने क्षेत्र भनेको कृषि हो । यो क्षेत्रबाट पालिकावासीको आर्थिक उन्नती हुने गरी गाउँपालिकाले के कस्ता कार्यक्रमहरु अगाडि बढाएको छ ?
नेपाल कृषि प्रधान देश हो । हामीले कृषिलाई पनि प्राथमिकता दिएका छौं । जबसम्म हामीले कृषकलाई व्यवसायीकरण गर्न सक्दैनौ तवसम्म हामीले नेपालमा केही पनि विकास गर्न सक्दैनौ भन्ने हाम्रो एकातिर नारा हुँदाहुँदै पनि विभिन्न समस्याले काम हुन सकिराखेको छैन । हामीले किसानहरुलाई केहि मात्रामा सहयोग त गरेका छौं । अनुदान लगायतका थुप्रै कुराहरु गरेका छौं । कृषिमा लगानी गरेको प्रत्यक्ष रुपमा फाइदा लिन सकिदो रहेनछ।कृषकहरुले उत्पादन गर्छन् तर,त्यो बिक्रीको लागि बजार छैन । बजारसम्म पु¥याउनको लागि अहिले हामीसँग संकलन केन्द्र पनि छैन । त्यसैले कृषकहरुको निम्ति पशुपालनका विभिन्न क्षेत्र बाख्रा, बंगुर पालन लगायतमा अनुदान दिइरहेका छौं । हामीले अनुदान त दिएका छौं । त्यसका बजारका पाटो लगायत अन्य क्षेत्रमा काम गर्न सकिरहेका छैनौं । यस्ता समस्याका विषयहरु रहेका छन् । त्यसैले समूह निर्माण गर्ने, कृषकहरुबाट उत्पादन भएको तरकारी तथा फलपूmलको लागि संकल्न केन्द्र निर्माण गर्ने । संकलन केन्द्रबाट बजारसम्म पु¥याउनको लागि केही आधारभूत कुराहरु गर्ने । हामी त्यो क्षेत्रमा लागिरहेका छौं । कृषकहरुले लगानी र उत्पादन गरेको आधारमा हामीले मिनी टिलर ५ वटै वडामा समूहहरुलाई ७५ प्रतिशत अनुदानमा पु¥याएका छौं । नौ वटा मिनीटिलर हामीले बितरण गरिसकेका छौं । यो आर्थिक वर्षमा पनि अनुदान दिने योजना बनाएका छौं । त्यसै गरेर पशुपालनको क्षेत्रमा पनि बाख्रा, बंगुर र कुखुरापालनको लागि हामीले अनुदान दिइरहेका छौं। अहिले पनि गाउँपालिकाभित्रका ५ वटै वडामा १५ जना कृषकलाई अनुदानको लागि खोर व्यवस्थापन गर्नको लागि ५० हजारका दरले प्रति कृषक र कुखुरा पालनको लागि पनि खोर व्यवस्थापनका लागि ५० हजार र बंगुर पालनको लागि ४० हजारका दरले अनुदान उपलव्ध गराएका छौं ।
खानेपानीको समस्या भएका बस्तीहरुको खानेपानीको समस्या समाधानको लागि पालिकाले के गर्दै छ ?
यो वर्षदेखि खानेपानीको क्षेत्रमा पनि रणनैतिक योजनाहरु बनाउन थालेका छौं । गत साल पनि संघ र प्रदेश सरकारबाट खानेपानीको लागि केही रकम आएको थियो तर हामीले योजना सञ्चालन गर्न सकेनौं । त्यो खानेपानी कार्यालयले नै सञ्चालन ग¥यो । खानेपानीको ६–७ करोडको ठूलो डिपिआर तयार भएको छ तर बजेट भने ३ लाख मात्र आएको छ । त्यो एउटा प्रारम्भिक चरणमै सिद्धिएको छ । अहिले हामीले मुख्य गरेर ४ वटा खानेपानी योजनाहरुलाई प्राथमिकता दिएका छौं।झिम्रूक दरवाने लिफ्ट खानेपानी, झिम्रुक मल्लरानी खलंगा लिफ्ट खानेपानी, पधेराखोला चुँजा लिफ्ट खानेपानी, दमइखोला चौरपानी लिफ्ट खानेपानी। यी योजना पूरा गर्न सक्यौ भने हम्रो खानेपानीको समस्या समाधान हुन्छ भनेर यी योजना रोजेका हौं । झिम्रुक दरवाने सरङकोट, पधेराखोला चुजा योजना सशर्त ४०–४० लाख अनुदानबाट आएको छ । त्यो सशर्तबाट हाम्रोमा पनि आएको र खानेपानीबाट पनि केही पैसाहरु छुट्टिएको हुनाले अहिले खानेपानी उपभोक्ता समिति र मल्लरानी गाउँपालिकाले त्रिपक्षीय संझौता गरेर हामीले खानेपानीलाई जिम्मा दिएका छौं । मल्लरानी झिम्रुक लिफ्ट खानेपानी योजना, दोमइखोला चोरपानी लिफ्ट खानेपानी योजना समपुरक प्रदेशबाट मागेका थियौ । त्यो पनि आएको छ । पहिलेको डिपिआर परिमार्जन गरी पुनः टेण्डर प्रक्रियामा लैजाने सोच बनाएका छौं।समस्या के छ भने अहिले समायोजनको क्रममा नया इञ्जिनियरहरु आउनुभएको छ । उहाँहरुलाई प्रयाप्त अनुभव छैन । बाटोको समस्याहरु छ । बाहिरबाटै इञ्जिनियर लिएर काम गर्ने शुरुवात हामीले गर्दैछौ ।
सडक पनि विकास पूर्वाधारको एउटा महत्वपूर्ण क्षेत्र हो । पालिकामा सडक पूर्वाधार विकासको लागि गाउँपालिकाले के कस्ता योजनाहरु बनाइराखेको छ ?
खानेपानीको साथसाथै सडकलाई पनि हामीले प्राथमिकता दिएका छौं । वास्तवमा भन्ने हो भने विकासको आधारभूत कुरा भनेको बाटो पनि हो हो । किनभने जवसम्म बाटो पुग्न सक्दैन हामीले पूर्वाधार विकासका केही पनि काम गर्न सक्दैनौ । किनभने कुनै ठाउँमा विद्यालय भवन बनाउनु पर्ला, स्वास्थ्य भवन बनाउनुपर्ला । त्यसलाई त बाटो भएर बल्ल सामानहरु लैजान सकियो भने बल्ल बनाउन सकिन्छ । त्यसको निम्ति हामीले मुख्य गरेर चार वटा बाटोहरुलाई प्राथमिकता दिएका छौ । पहिलो खलंगा धरमपानी सिर्सेगैरा चुँजाठाटी त्यसैगरेर चुँजाठाटी कुडारा बाण्डा मरुङ, त्यसैगरी खलंगा मल्लरानी पर्यटकीय बाटो । त्यसैगरेर कुमिकोट पिपलनेटा जोरपोखरी, धुदी हुँदै रिङ्गरोड भनेर योजना बनाएका छौं । यी योजनाध्ये दुईवटाको हामीले डिपिआर पनि तयार पारेका छौं । गतसाल हामीले केही काम गरेका छौं । मल्लरानीमा हामीले झण्डै ८३ लाखको काम गरिसकेका छौं । अहिले पनि हामीले समपुरकमा संघबाट मागेका थियौं संघ बाट १ करोड २० लाख को रकम आइसकेको छ मल्लरानीलाई । गतसाल हामीले त्यसलाई खनेर अलि ठूलो बनाउने काम मात्र ग¥यौं । अहिले हामीले त्यसलाई वालसहित नाला, पानी राखेर रोलरले पेलेर ग्रेवल पनि गर्ने कुरा गरेका छौं । किनभने १ करोड २० लाख संघबाट बजेट आएको छ । त्यसमा हामीले पनि केही रकम थप गरेर त्यसमा काम गर्न लागिरहेका छौं ।
आर्थिक गतिविधिकै कुरा हामीले अघि पनि गरेका थियौ । यो क्षेत्रको कुरा गर्दाखेरी राम्रो सम्भावना भएको क्षेत्र पर्यटन पनि हो । मल्लरानी लगायतका पर्यटकीय स्थलहरुको पूर्वाधार विकासको लागि गाउँपालिकाले कत्तिको ध्यान दिएको छ ?
अहिले पूर्वाधारको विकासमा सबैभन्दा बढि त्यो क्षेत्रमा खानेपानीको समस्या देखित्छ । खानेपानी माथि गएन भने अन्य पूर्वाधार बनाएर मात्र हुदो रहेनछ । केही समयलाई घुम्नको लागि जाने क्रम छ तर पिकनिक जानको लागि समस्या छ । खलंगादेखि नै पानी बोकेर जानुपर्दछ । त्यसो भएको हुनाले हामीले तत्कालीन रुपमा झिम्रुक मल्लरानी लिफ्ट खानेपानी योजना पूरा नहुँदासम्म नजिकैको टोप्रेखर्कबाट करिव १५० मिटर पानी माथि फालेर खानेपानी योजना निर्माण गर्दै छ । यो वर्ष हामीलाई पर्यटन बोर्डले पनि २० लाख बजेट दिएको छ । त्यो २० लाखबाट केही संरचनाहरु मल्लरानीमा पनि बनाउने र खानेपानीको ट्यांकीहरुलाई बिस्तार गरेर त्यो पानीलाई मल्लरानीमा पनि फाल्ने भनेर हामीले योजना गर्दैछौ ।
मल्लरानीमा पानी सहज कहिलेसम्म होला ?
सकभर त हामीले यही चैत्र मसान्तभित्रै गर्ने हामीले सोच बनाइसकेका छौं, सल्लाह गरिसकेका छौं । यदि चैत्र मसान्तभित्र पनि सकिएन भने हामीले जेठसम्म हामीले कसै गरे पनि सक्छौं । अहिले खानेपानी र बाटोका कुराहरु भइसकेपछि मल्लरानीको विकासको लागि बजारवासीहरु पनि उत्साहित हुनुभएको छ । उहाँहरुले अहिले स्वतस्पूmर्त रुपमा हामीहरु ट्रष्ट बनाइदिन्छौ, कसैले हामी चिल्ड्रेन पार्क बनाइदिन्छौं । हामी एउटा गार्डेन बनाउँछौ । बस्ने बेञ्चको अभाव छ हामी एउटा सिमेण्टको पिलर राखेर बेञ्चहरु बनाइदिन्छौं भनेर २०–२५ जना साथीहरु बोलिसक्नुभएको पनि छ । त्यसलाई कार्यान्वयन गर्ने दिसामा हामी गएका छौं ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएकाहरुलाई फाइदा पुग्ने गरी मल्लरानी गाउँपालिकाले देखिने गरी गरेका काम केही छन् ?
हामीले नीतिगत रुपमा नीतिहरु बनाएका छौं । कार्यान्वयन गर्ने क्रममा केही हदसम्म हामी असफल भएका छौं । असफल भए पनि हामी निराश भएका छैनौं । हामीले अपांग, अभिभावकविहीन बालबालिकालाई प्रोत्साहन गर्नको निम्ति हरेक वडाहरुबाट तथ्यांक संकलन गर्दैछौं । कतिपय समस्या छ । हामीले टिन त बितरण ग¥यौ तर उसले घर नै निर्माण गर्न सकेको छैन । त्यस्ताहरुलाई हामीले घरहरु बन्दिनको निम्ति अहिलेबाट शुरु गर्ने वडामा दुई जनाको दरबाट हामीले शुरु गर्ने भनेर त्यो पनि शुरु गरेका छौं । राज्यले बनाएका चार किसिमका अपांगहरु क, ख, ग, घ छन् । क र ख ले त पैसा सुविधा पाउँछ भने ग र घ ले पाउँदैन । त्यसकारण हामीले विकास कार्यक्रममा ती ग र घ लाई पनि पाउने गरेर हामीले अहिले पैसा विनियोजित गरेका छौं । त्यसलाई पनि हामी लागू गर्छौ ।
यहाँलाई भन्नै मन लागेको हाम्रो कुराकानीमा छुटेको केही विषय छ भने यहाँले भन्न सक्नुहुन्छ ?
गाउँपालिकामा धेरै कामहरु भएका छन् । भएका कामहरुको सबै भन्न त मैले सकेको छैन । हामीले गर्न खोजेका कामहरु अधुरै, अपुरै छन् । ती पूरा गर्नको लागि हामीले प्रयासहरु गरेका छौं । त्यो प्रयास गर्ने क्रममा हामीले सर्वदलीय समितिहरुलाई लाने, समितिहरुबाटै नै हामीले सल्लाह सुझाव ल्याउने कुराहरु गरेका छौं । हामीले अन्तरक्रिया कार्यक्रमहरु पनि गर्ने गरेका छौं । सर्वपक्षीय मानिसहरुलाई हाम्रा कार्यक्रममा हामीले सँगसँगै लैजान सकेनौ भने कार्यक्रमले सार्थकता पाउँदैन । हामी त्यो दिशामा पनि जान थालेका छौं । अझै पनि हामीले स्वास्थ्यको क्षेत्रमा धेरै कुराहरु गर्न बाँकी छ । जस्तै प्राथमिक स्वास्थ्य केन्द्रमा जग्गाको कमीको कारणले गर्दा १५ शैयाको अस्पताल निर्माण गर्ने कुरा रोक्किएको छ । हामी जग्गा खरीद गर्ने प्रक्रियामा छौं । पुरानो हेल्थपोष्ट चुँजाठाटीमा ल्याव सेवा सञ्चालन गर्ने हामीले सोचेका छैं । त्यसैगरी १ नं. वडाको सोलहाल्नामा स्वास्थ्य संस्थाको भवन निर्माणको लागि जग्गा खरीद गरेका छौं । भवन निर्माणको प्रक्रियाहरु अगाडि बढाएका छौं । खैरामा पनि स्वास्थ्य चौकी पूरानो छ । त्यसलाई स्तरवृद्धि गर्ने कुरा गरेका छैं । मल्लरानीको २ नं. वडा साविकको चुँजामा आधारभूत स्वास्थ्य केन्द्र अहिले स्थापना भएको छ ।