बिमल प्रसाद पाेख्रेल, प्युठान। नेपाली काङ्ग्रेस प्युठानका पुराना नेता प्युठान नगरपालिका वडा नंवर ८ खप्रेङखाेला निबासि बिष्णु बहादुर दसाैदिकाेको ७३ बर्षको उमेरमा निधन भएको छ। उनी लामो समय देखी उच्च रक्तचापका बिरामी थिए। पारिवारिक श्रोतका अनुसार बिहिबार मध्यान्ह उनी घरमै बिहोस भई ढले पछि उपचारका लागि जिल्ला अस्पताल बिजुवार तर्फ ल्याईदै गर्दा बाटैमा निधन भएको थियो। काँग्रेस प्युठानका पुर्ब जिल्ला काेषाध्यक्ष तथा महाधिबेसन प्रतिनिधी समेत रहेका दसाैदि विभिन्न सामाजिक कार्यमा अग्रसर रहेका थिए। ‘क’ बर्गका निर्माण ब्यबसायी रहेका दसाैदिलाई प्युठानका निर्माण ब्यबसायीले नया कार्य गर्दा सरसल्लाह लिने गरेकाे निर्माण ब्यबसायि संघ प्युठानका अध्यक्ष पशुपती नकर्मीले बताउनु भयाे । उहालाई निर्माण ब्यबसायिले यहि पाैष अठार गते साधारणसभाको सम्मान समेत गरेका थिए।
काँग्रेस प्युठानले लामाे समय देखि नेपाली काङ्ग्रेसमा संगठन निर्माणमा अतुलनिय याेगदान दिएका दसाैदिकाे निधनले नेपाली काङ्ग्रेस प्युठानलाई ठुलाे क्षति ब्यहाेर्नुका साथै शाेकमा परेकाे बताएको छ।
कांग्रेस प्युठानका पुराना नेता दसाैदिकाे निधन
कांग्रेस प्युठानका पुराना नेता दसाैदिकाे निधन
Advertisement
तपाईको प्रतिक्रिया