नवलपरासी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासी रामग्राम नगरपालिका-१८ का वडाध्यक्ष दुई लाख घुस रकमसहित पक्राउ परेका छन्।
अध्यक्ष गोपाल डिस्वा मगर र लेखनदास रवीन्द्र यादवले कार्यालयबाट सिफारिस दिने प्रायोजनार्थ दुई लाख घुस माग गरेका थिए।
सोही सूचनाका आधारमा अख्तियारको बुटवलको टोलीले बिहीबार दुवैलाई रंगेहात नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
आयोगले बताए अनुसार उनीहरुलाई स्थानीय होली चाइल्ड स्कुल नजिकबाट पक्राउ गरिएको हो । उनीहरुमाथि आयोगले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Advertisement