सलिम अन्सारी,प्युठान। दुई जनाको परिवार। खाने अन्न छैन ।न त जिउ ढाक्ने गतिलो लुगा छ। न खानाको जोहो, न त आनन्दले सुत्ने ओछ्यान। सरुमारानी गाउपालिका ३ कास्कोटकि सम्सु मिया यस्तै समस्यामा छिन् । उनको १५ वर्षको उमेरमा स्थानिय इसुफ मियाँसँग बिहे भयो। लामो समयपछि एक छोरा जन्मिए। दुःखसुख गरेरै भए पनि परिवार जेनतेन चलिरहेको थियो। गत सोमबार ६३ बर्षको उमेरमा अचानक श्रीमानको ज्यान गयो।अहिले त्यो परिवारमा शोकमा डुबेको छ। इसुफ मिया घरमुली थिए, दिनहुँ मजदुरी गर्थे।दिनभरी अर्काको मेलापात धाउथे। गाउँमा जे काम पायो त्यही गर्थे। घरमा हरेक सांझ बिहान चुलो बालेकै हुन्थे। आर्थिक अबस्था ज्यादै कमजोर। गरिबिका कारण दुख त थियो नै तै पनि खुसी नै थ्यो त्यो परिवार। उनकै कमाईबाट तीन जनाको जहान धानिएको थियो। तर, एक्कासी घरको मुल खाबों ढलेपछी यो परिवार टुहुरो जस्तै बनेको छ। ‘म त साह्रै समस्यामा परेँ,’ संसुले भनिन्, ‘न त हातमा सीप छ, न काम गरौँ भने खेतबारी नै छ, म कसरी छोरा पालौँ,’ ‘उहाँ हुनुहुन्थ्यो र घरखर्च चलेको थियो’ अब कसरी पालिने?उनले चिन्ताप्रकट गरिन्, १२ बर्षीया अजिज मिया, उनकै छोरा हुन। उनी स्थानिय सरस्वती माबी चाभामा कक्षा ३ मा पढ्छन। बुवा बितेपछी उनको पढाइ समेत अन्यौलमा परेको छ।’बुवा बित्नुभयो,अब पढ्ने कि नपढ्ने थाह छैन’ अजिज भन्छन,’घरमा खाने अन्न छैन । कापीकलम किन्न पैसा छैन । अनि, पढ्ने कसरी ?”
श्रीमान बितेपछि कसरी भरणपोषण गर्ने चिन्ता छ उनलाई। मियाले भनिन,” विधवा हुनु पर्यो। अब साथमा रहेका छोरालाई लालनपालन र पढाइलेखाइ कसरी गरुँ’। छोरालाई पढाउने व्यवस्था मिलाइदिए आफ्ना लागि ठूलो राहत हुने उनले बताईन। ‘मीठोमसिनो खाने, राम्रा कपडा लगाउने त हाम्रा लागि सपना भए, दुई छाक गाँस र एकसरो शरीर ढाक्ने कपडाका लागि पनि समस्या परेको छ’ – उनले दुःख सुनाउँदै भनिन्।
विहे भएर आएपछि संसुले सुःखको दिन देख्न पाएकी छैनन् ।
अरुकै घरमा ओत लाग्दा लाग्दै उनको जिन्दगी बित्यो ।परिवारको छाक टार्ने बाहेक अरु कमाई गर्न सकेन्न।यो परिवारले दुख गरे,मजदुरी गरे,पसिना बगायो। पुस्तौँदेखि अर्काको घरजग्गामा कमाएर हातमुख जोड्नु बाहेक अरु केहि प्रगति भएन।कमाएको दिन खान पुग्ने उनीहरुको सम्पत्तिका नाममा पकाउने र खाने सिलावरका थाल छ । घरभित्र झुत्रा लुगाफाटा छन् । दुख र अभाव बाहेक अरु केही छैन उनिहरुसंग। मंसिरको यो चिसोमा टिठलाग्दो छ उनिहरुको अबस्था। घरबारविहीन छ यो परिवार । सरुमारानी ३ कास्कोटमा बस्दै आएको उनको यत्रो उमेर भईसक्दा पनि पाइला हाल्ने जमिन छैन् ।उनीसँग घर बनाउन जग खन्ने जग्गाको टुक्रा छैन एक इन्च जमीन छैन ।’ ‘श्रीमान पनि अरुकै घरमा बिते’ संसु भन्छिन,’न घर छ,न त जग्गा नै छ’बस्नलाई स्थानियले घर जग्गा दिएका छन। यसरी,अरुको घरको भर कति दिन?
यो परिवारले बर्षौदेखि सुकुम्बासी जीवन बिताईरहेको स्थानिय अजिम मियाँले सुनाए ।
घरमुली ढलेपछी बिपन्न परिवारको बिजोग,बालकको पढाइ अनिश्चित
घरमुली ढलेपछी बिपन्न परिवारको बिजोग,बालकको पढाइ अनिश्चित
Advertisement
तपाईको प्रतिक्रिया