करोडपति बेहुलाले गरे साइकलमा विवाह

एजेन्सी । तपाई हाम्रो समाजमा विवाह फरक फरह तरिकाबाट हुन्छ ।तडकभडग धेरै नै गरिन्छ।धेरैजसोले विवाह गर्दा धेरै खर्च गरेर गर्ने गर्छन् । धनि मानिसले विवाह गर्दै छ भने दुलही लिन गाडीको लस्कर लगाएर जान्छ । केहिले साधारण तरिकाले पनि विवाह गर्छन् । तर भारतको पन्जाबमा एक करोडपति बेहुलाले भने अनौठो तरिकाले विवाह गरेका छन् । उनले वायु प्रदुषण र विवाहमा हुने अनावश्यक खर्च कटाउन साधारण विवाह गरेका छन् । उनले साधारण रीति रिवाजले विवाह गरे । उनी दुलही लिन गाडीको लाइन लगाएर होइन साइकल लिएर गए । पन्जाबका गुरबख्शीश सिंह नाम गरेका उनी एक करोडपति भए पनि नयाँ उदाहरण पेश गरेका छन् ।उनले विवाहमा अनेक खानेकुराहरु पकाउन पनि लगाए । ब्यान्डबाजा पनि बजाए । तर बेहुली लिन भने साइकलमा २५ किलोमिटर टाढा गए । उनले जन्ती १२ जना मात्र लगे । उनले बेहुलीलाई साइकलमा नै चढाएर ल्याए । अहिले उनी पर्यावरणमा कुनै हानी नगरेको भन्दै उनी खुसी छन् ।

Sharing Now!

You might also like

Comments are closed.