काठमाडौं । भारत प्रशासित काश्मिरकाे उत्तरी सियाचिन ग्लेशियर (हिमनदी) मा सोमबार भएको हिमस्खलनमा चार जवान र दुई सर्वसाधारणको मृत्यु भएको छ । सर्वसाधारण भारी बोक्ने काम गर्थे ।भारतीय सेनाका अनुसार सियाचिन ग्लेशियरको उत्तरी क्षेत्रमा १९ हजार फुटको उचाइमा आठजना गस्ती दलमा समावेश थिए । उक्त हिमस्खलन सोमबार दिउँसो करिब तीन बजे भएको हो ।सेनाले आफ्नो बयानमा उक्त घटनालगत्तै हिमस्खलन उद्दार समूहलाई घटनास्थलमा पठाइएको जसले आठजनालाई बरफबाट निकालेका हुन् ।यी सबैलाई हेलिकोप्टरमार्फत् सेना अस्पताल ल्याइयो जसमध्ये सातजनाको स्थिती अत्यधिक गम्भीर थियो ।यद्यपि, चार जवान र दुई सर्वसाधारणलाई बचाउन सकिएन ।उक्त हिमस्खलनमा केही भारतीय चौकीमा पनि क्षती पुगेको खबर आइरहेको छ ।संसारको सबैभन्दा अग्लो युद्धक्षेत्रःसियाचिनलाई संसारको सबैभन्दा अग्लो युद्धक्षेत्र भनिन्छ जुन काराकोरम रेन्जमा समुद्र सतहभन्दा २० हजार फिटको उचाईमा छ ।सियाचिन ग्लेशियरमा तापक्रम माइनस ६० डिग्री सेल्सियसभन्दा पनि कम हुन्छ । साथै यहाँ हिम पहिरो र पहिरो आउनु साधारण कुरा हो ।सन् २०१६ मा सियाचिनमा हिमपहिरोमा १० जवान बरफमुनी दबिएका थिए । ६ दिनपछि लान्स नायक हनमनथप्पालाई बचाइएको थियो तर पछि दिल्लीमा उनको मृत्यु भयो ।भारतमा मात्रै होइन सियाचिन ग्ल्यासियरको अर्कोतर्फ पाकिस्तानको गयारी क्षेत्रमा पनि यस्तै स्थिती छ । सन् २०१२ मा भएको एक हिम पहिरोमा परी पाकिस्तानका १ सय २९ जवान र ११ सर्वसाधारणको मृत्यु भएको थियो ।
हिमपहिरोमा परी चार जवान, दुई भरियाको मृत्यु
हिमपहिरोमा परी चार जवान, दुई भरियाको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया