कामना डेली। फ्रान्सको एक अदालतले कुखुराको भाले निर्धक्कसँग बास्न पाउने फैसला गरेको छ । माउरिस नामको उक्त भाले बास्दा चर्को आवाजका कारण डिस्टर्ब भएको भनी छिमेकीले दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला गरेको हो ।अदालतको उक्त फैसलासँगै फ्रान्सको ओलेरन टापुका कोरिने फेसेउ नामका व्यक्तिले सो भाले आफ्नो घरमै राख्न पाउने छिन् । तर अदालतको फैसलाको विरुद्धमा उनका छिमेकीहरुले अपिल गर्ने निर्णय गरिरहेका छन् । कुखुराको आवाजले आफूहरुलाई दिक्क बनाएको भन्दै सो कुखुरालाई छिमेकबाट निकाल्नुपर्ने वा चुप बनाउनुपर्ने उनीहरुको माग थियो ।उक्त भालेको पक्षका वकिलका अनुसार अदालतको फैसलापछि भालेकी मालिक्नी फेसेउ खुसी छिन् ।अदालतले कुखुराको मामिलामा फेसेउको बेइज्जत गरेको भन्दै उनका छिमेकीहरुलाई १ हजार युरो जरिवानाको फैसला पनि गरेको छ ।तर छिमेकी पक्षका वकिलले भने फेसेउले नियतबस छिमेकीलाई डिस्टर्ब गर्ने मनसायका साथ झ्यालको नजिकै कुखुरा राख्ने र झ्याल खुला राख्ने गरेको बताएका छन् ।उता भालेलाई बास्न दिन नहुने भन्दै अदालतमा मुद्दा परेसँगै जनावर अधिकारकर्मीहरुले १ लाख २० हजार हस्ताक्षर संकलन गरे र उक्त भालेलाई स्वतन्त्र रुपमा बास्न दिनुपर्ने माग गरे । गत जुलाईमा अदालतमा भएको सुनुवाइका क्रममा उनीहरुले अदालतमा ठूलो संख्यामा कुखुराहरु भेला गराएका थिए ।स्मरण रहोस् फ्रान्समा चर्चको घण्टी, गाईको काँधमा बाँधिएको घण्टीले डिस्टर्ब गरेको तथा गाईको गोठबाट गन्ध आएको जस्ता विषयमा समेत अदालतमा मुद्दा पर्ने गरेका छन् । -एजेन्सीको सहयोगमा
अदालतले दियो यस्तो आदेश भाले बास्न पाउनुपर्छ
अदालतले दियो यस्तो आदेश भाले बास्न पाउनुपर्छ
Advertisement
तपाईको प्रतिक्रिया