सागर थापा / महेन्द्र सिंह,दाङ।नेपाल पत्रकार महासंघ बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली माथी भएको आक्रमण भएको छ । शुक्रबार बेलुका घर जाने क्रममा अज्ञात समुहले आक्रमण गरी अलिको मोवाईल समेत लुटपाट गरेको हो ।घर नजिकैको पसलबाट दुध लिएर फर्कदैं गरेका अलिमाथी आक्रमण भएको थियो । आक्रमणबाट घाईते भएका अलिलाई पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदीले उद्धार गरी अस्पताल पुयाएका थिए । आक्रमणबाट सामान्य घाईते भएका अलि उपचारपछि घर फर्किएका छन ।यसैबिच महासंघका संस्थापक अध्यक्षमाथी भएको आक्रमणको पत्रकार महासंघ बाँकेले दुख ब्यक्त गरेको छ । शनिबार विज्ञप्ती जारी गरी महासंघ बाँकेले गम्भिर ध्यानआर्कषण भएको बताउदै घट्नामा संलग्नलाई कारवाही गर्न माग समेत गरेको छ । पत्रकार माथी भएको यो घटनाले बाँकेका सञ्चारकर्मी पुर्ण रुपमा सुरक्षित हुन नसकेको महासंघको ठहर छ । अत आक्रमणमा संलग्नहरुको तत्काल पहिचान गरि दोषीलाइ कडा भन्दा कडा कारबाही गर्न नेपाल पत्रकार महासंघ बाँके शाखालेजिल्ला स्थित सुरक्षा निकाय संग जोडदार माग गर्दछ ।महासंघ बाँकेका सचिव तिलक गाउँलेद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ । साथै घाईते अबस्थामा रहनु भएका बरिष्ठ पत्रकार तथा सँस्थापक अध्यक्ष लियाकत अलिको सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछौं ।’ बिज्ञप्तीमा लेखिएको छ।
पत्रकार अली आक्रमणका दोषीलाई कार्वाहीको माग
पत्रकार अली आक्रमणका दोषीलाई कार्वाहीको माग
Advertisement
तपाईको प्रतिक्रिया