काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी विनय राज पाण्डेलाई पराजित गर्दै चन्द अध्यक्षमा निर्वाचत भएका हुन् । उनले बहुमत प्राप्त गरेर जित हासिल गरेका छन् । चन्द प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका राजबाबु श्रेष्ठ, सचिवमा उम्मेदवारी दिएका अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन कुमार सिंह निर्वाचित भएका हुन् । निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गरेका थिए । आईसीसीले निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।
नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन गरेको हो । क्यानमा नयाँ नेतृत्व आएसँगै क्यान निलम्बनको ढोका खुलेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चन्द निर्वाचित
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चन्द निर्वाचित
Advertisement
तपाईको प्रतिक्रिया