राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठानमा नेपाल प्रहरीले सडकमा गुडेको सवारी रोकेर चालकलाई संझाईबुझाई गर्ने नया कार्यक्रम सुरु गरेको छ । जिल्लामै पहिलो पटक मरन्ठाना प्रहरी चौकी मार्फत यस्तो कार्यक्रम सुरु गरिएको हो ।
सडकमा खटिने प्रहरीले गाडी चालकलाई केही समय रोकेर यात्रुहरुलाई राम्रोसँग गन्तव्यमा पुर्याउन आग्रह गर्दछन् ।यात्रुलाई कस्तो व्यवहारगर्ने जानकारी गराउछ्न। तीव्र गति नगर्नुहोस्, ओभरटेक नगर्नुहोस्, पाँच मिनेट ढिला पुगेर केही बिग्रदैँन दुर्घटनाबाट बच्नुहोस्, मापसे चलाएर सवारी नचलाउनुहोस् जस्ता शिक्षा दिने गरिएको मरन्ठाना प्रहरी चौकिका प्रमुख टीका कुवरले बताए। यसो गर्दा सडक अनुशासन समेत कायम हुने उनको बिश्वास छ।‘गाडी रोकेर थोरै समय लिन्छौं राम्रोसँग गाडी चलाउनुहोला,मदिरा सेवन नगर्नुहोला भनेर चालकलाई सम्झाउने गरेका छौं,’ उनले भने, सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि यस्तो नयाँ अभियान सुरू गरेका हौँ। यो कामका लागि नेपाल प्रहरी गाडी छुट्ने ठाउँसम्म पुग्ने गरेको छ ।
प्रहरीले सवारी चालकलाई भेटेर सुरक्षित तरिकाले सवारी चलाउन अनुरोध गर्दै सफल यात्राको कामना सहित सम्झाईबुझाई गर्ने कुवरले बताए ।