नवलपुर । नवलपुरमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन। शुक्रबार राती देवचुली नगरपालिका १५ धौलागिरी चोक स्थित पुर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा खटिएको प्रहरीको टोलीले लागु औषधसहित उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की जिल्ला लेखनाथ महानगरपालिका २७ बस्ने ३२ वर्षीय डेबिड क्षेत्री र सोहि महानगरपालिका ३२ बस्ने २४ वर्षीय कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक राजन ढकालले जानकारी दिए ।भैरहवाबाट म्याग्दीको बेनी जादै गरेको लु १ ख ७३९३ नंबरको बसमा सवार उनिहरुलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट फेनरागन ३०, नोफिन ३० र डाईजोपम ३० एम्पुल गरी ९० एम्पुल लागु औषध बरामद गरिएको प्रहरी निरिक्षक ढकालले बताए ।पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखि थप अनुसन्धान भैरहेको छ ।
Advertisement