कामना डेली,चितवन।नेपाल आइडल सिजन १ मा निकै रुचाईएका प्रतिष्पर्धी मध्यका सागर आलेको नामपनि धेरै आउने गर्छ । दर्शक र जजको अत्यधिक माया पाउदापाउदैपनि आले ‘टप ४ ’ बाट बाहिरिए ।चितवनको नारायणगढका सागर आले आइडलबाट बाहिरिएपनि उनको क्रेज अलिकति पनि कम भएन अझैँ बढ्यो ।स्वदेश सहित बिदेशका बिभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त भैरहने गायक आले पछिल्लो समय युवापुस्ताको रुचिमा पर्न सफल भएका छन । नेपालभन्दा बढि बिदेशमा ब्यस्त रहने गायक आलेले जतिपनि गीत बजारमा ल्याउछन सबै उत्तिकै रुचाईएका र मन पराईएका छन । गायक आलेले भर्खरै मात्रै आधुनिक गीत ‘झुमभुम’ बजारमा ल्याएका छन । गायक आलेसंगै गायिका मेलिना राईको आवाज रहेको उक्त गीतमा मृतआत्मासंग कल्पनामा रमाएर झुमेको भावलाई समेटिएको छ ।उक्त झुमझुम गीतमा कादम्बरी दाना श्रेष्ठको शब्द रहेको छ भने शंकर थापा स्माईलको संगीत रहेको छ ।गीतको म्युजिक भिडियोमा एलिशा शर्मा र सुनिल क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।