पाल्पा। पाल्पामा दाहसंस्कार गर्नै लाग्दा एक महिला चिताबाट ब्युँतिएकी छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली आर्यघाट पु-याएपछि ब्युँतिएकी हुन । कालीगण्डकीको रिडीस्थित आर्यघाटमा जलाउने अन्तिम तयारी भइरहँदा मृत्यु भएकी भनिएकी ज्ञवाली जुरुक्क उठेपछि मलामी र आफन्त आश्चर्यचकित भए । केही मलामी नर्मदा उठेपछि हतास भएर भागेका थिए । उनको हाल स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अहिले तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याइएको छ ।नर्मदालाई झाडापखालाको प्रकोप फैलिएपछि गत २५ असारमा तानसेनस्थित मिसन अस्पताल भर्ना भएकी थिइन् । तर, उनमा एकैपटक निमोनिया तथा फोक्सो र मृगौलामा समस्या देखिएको बताएर चिकित्सकले उपचार नहुने भन्दै घर लैजान सुझाए । चिकित्सकले नै अन्तिम अवस्थामा पुगेको भनेपछि आफन्तले दाहसंस्कारका लागि आर्यघाट लगेका हुन् । अस्पतालले भने आफन्तले अनुमतिबिना जबर्जस्ती नर्मदालाई लगेको दाबी गरेको छ ।
जलाउनै लाग्दा महिला ब्युँतिएपछि घाटमा मलामीको भयो भागाभाग…
जलाउनै लाग्दा महिला ब्युँतिएपछि घाटमा मलामीको भयो भागाभाग…
Advertisement
तपाईको प्रतिक्रिया