माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाका एकल महिलाहरु आत्मनिर्भर बन्ने भएका छन । शिवराज नगरपालिकाको सहयोगमा विकास र न्यायका लागी एकल महिला चन्द्रौटाले आयोजना गरेको १५ दिने झोला बुनाई तालिमको समापनमा वोल्दै सहभागीहरुले हातमा एउटा सिप पाएको वताए ।तालिमको समापन गर्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले महिलाहरु अव ब्यावसायिक बन्नुपर्नेमा जोड दिए । अधिकारीले समृद्ध नगर बनाउने सकल्प पुरा हुन सवै रोजगारी बन्नुपर्ने वताए । एकल महिलाहरुको लागी भनि नगरले वजेट विनियोजन गरेको र सोहि वजेट वाट सिपमुलक तालिम संचालन गरेको वताए ।पछिल्लो समयमा ढाका झोलाहरुको वजारमा माग वढेको हुदा यहि व्यावसायवाट आफ्नो जिविको पार्जन गर्नमा मद्धत पुग्ने विश्वास दिलाए । अधिकारीले सवै सहभागीहरुलाई झोला बनाउने तालिमलाई ब्यावहारमा उतार्न आग्रह गरे ।नगर उपप्रमुख शिवकुमारी थारुले नगरले महिलाहरुलाई प्राथमिकता दिएको जिकिर गरिन । यस वर्ष मात्र महिलाहरुलाई लक्षित गरि सिलाई कटाई,व्युटीपार्लर,डल कुसन,झोला बनाउने लगाएतका तालिम दिइएको छ थारुले भनिन ।१५ दिन सम्म चलेको तालिमवाट सिकेको सिपलाई ब्यावहारमा उतार्नुपर्ने सस्थाका उपाध्यक्ष कमला भुषालले वताइन । विकास र न्यायका लागी एकल महिला सस्थाले एकल महिलाका अधिकार तथा न्यायका लागी काम गर्ने भन्दै सिपमुलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने सवै तह सग छलफल गरेर काम गर्ने जनाईन ।कार्यक्रममा वडा अध्यक्ष जगत जिसी,कार्यपालिका सदस्य लक्ष्मी हमाल,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,पत्रकार महासंघ पुर्व केन्द्रिय सदस्य निशा विश्वकर्मा,नेपाली काग्रेसका हरि पोख्रेल,संमाजवादी पार्टि नेपालका नगर अध्यक्ष कृष्णकुमार चौधरी लगायतले मन्तव्य राखेका थिए ।तालिममा नगरका २२ जना एकल महिलाहरु सहभागीता रहेको थियो ।
एकल महिला आत्मनिर्भर बन्दै
एकल महिला आत्मनिर्भर बन्दै
Advertisement
तपाईको प्रतिक्रिया